पहिरोमा परेका ४ परिवारलाई युनाइटेड क्लबको आर्थिक सहयोग
पाेखरा | साउन ६, २०८१
पोखरा: युनाइटेड क्लब पोखराले अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका ४ परिवारलाई आर्थिक सहयोग गरेको छ ।
पोखरा महानगरपालिका वडा नं ३२ चैनपुर, पोखरा २७ अर्चले र पोखरा १९ पुरनचौरमा पहिरोमा परि ज्यान गुमाएका परिवारलाई आर्थिक सहयोग गरेको हो ।
क्लबले तिहारको अवसरमा आयोजित देउसीभैलो कार्यक्रमबाट संकलित रकमबाट स्थापित विपद् व्यवस्थापन कोषमार्फत आर्थिक सहयोग गरेको हो ।
आर्थिक सहयोग अन्तर्गत पोखरा ३२ चैनपुर आरती ओझाको परिवारलाई १० हजार, पोखरा २७ अर्चलेका स्वर्गीय अनमोल सुनार र स्वर्गीय भीम थापाको परिवारलाई १०÷१० हजार र पोखरा १९ पुरनचौरका पहिरोबाट ७ जना परिवार गुमाएका पवन परियारलाई २५ हजार नगद प्रदान गरेको हो ।
युनाइटेड क्लबले प्रत्येक वर्ष विपदमा परेका परिवारलाई आर्थिक सहयोग प्रदान गर्दै आइरहेको र सोही कार्यक्रम अन्तर्गत असार महिनामा अविरल वर्षाका कारण पहिरोमा परि ज्यान गुमाएका परिवारलाई राहत स्वरुप आर्थिक सहयोग गरेको युनाइटेड क्लव पोखराका अध्यक्ष राजु श्रेष्ठले बताए ।
उक्त कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष हिमाल बख्रेल, वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापा, प्रथम उपाध्यक्ष गणेश तिमिल्सिना, कोषाध्यक्ष सुुर्य बहादुर बानियाँ, सह कोषाध्यक्ष सीमा गुरुङ, कार्यसमिति सदस्यहरु सन्तोष कार्की, जयराम आचार्य, पूर्ण कुमार श्रेष्ठ र आजीवन सदस्य कृष्ण गौतम, सल्लाहकार रमेश कार्की लगायतको उपस्थिती रहेको क्लवका महासचिव दिनेश सुनारले बताए ।
स्थापना कालदेखीनै देउसीभैलो कार्यक्रम गरी संकलन भएको रकमबाट विपद ब्यवस्थापन कोष स्थापना गरी नेपालको पश्चिम कैलाली देखी पूर्वमा उदयपुर सम्म विपदमा परेकाहरुलाई आर्थिक, नैतिक र भौतिक सहयोग गर्दै आइरहेको बताउदै बिपदमा परी ज्यान गुमाएका प्रति श्रद्धान्जली सहित परिवारमा समवेदना प्रकट गरेको सुनारले बताए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

